भक्तपुर, २१ जेठ । कानूनमन्त्री अजयशंकर नायकले भरतपुर घटनाका विषयमा निर्वाचन आयोगले गरेको निर्णय नै उपयुक्त भएको बताउँनु भएको छ ।
रफत सञ्चार क्लबमा आइतबार भक्तपुरमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै मन्त्री नायकले स्वतन्त्र र अधिकारप्रत्याभुत गरिएको निर्वाचन आयोगमाथि नै हस्तक्षेप गर्दै प्रतिपक्ष दल एमालेले संसद अबरुद्ध लगायतका गतिविधी अघि बढाउनु सकारात्मक नभएको बताउनुभयो । उहाँले एमालेले पनि आयोगको निर्णय स्वीकानुपर्ने धारणा राख्नुभएको छ ।
उहाँले विगतमा पनि एमालेका कार्यकर्ताले मतपत्र च्यात्दा पुनः मतदान गरिएका उदाहरण भएकोले अहिले निर्वाचनमा पनि फेरि मतदान गर्दा कुनै शंका गर्न नहुँने बताउँदै एमालेले गरेको विरोध अर्थहीन भएको दाबी गर्नुभयो ।
मन्त्री नायकले आयोगले निर्णय गरी सकेको भरतपुरको घटनालाई लिएर नयाँ बुहमतीय सरकार गठनका बिषयमा एमालेले संसद अबरुद्ध गर्नु र प्रधानमन्त्री चयन प्रक्रिया प्रभावित बनाउन खोज्नु ठीक नभएको बताउँनुभयो ।












प्रतिक्रिया