१ कार्तिक २०८३, आइतबार

चुनावको मुखैमा राप्रपाका केन्द्रीय नेतासहित सयौं एमालेमा प्रवेश, भीम रावलले गरे स्वागत

12.4k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

धनगढी, २१ जेठ । राप्रपाका महाधिवेशन प्रतिनिधि सहित सयौं कार्यकर्ता एमालेमा प्रवेश गरेका छन् । प्रवेश गर्नेमा राप्रपाका केन्दिय सदस्य राजेश भण्डारी, नगर इन्चार्ज रोम स्वाँर, अत्तरिया नगर अध्यक्षदलबहादुर बोगटी, डोटीका पुर्व पार्टी संयोजक ओम विष्ट जिल्ला सदस्य लालबहादुर शाही, रामचन्द्र चौधरी, इटा व्यवसायी संघका मुक्ति सुवेदी लगायत सयौं कार्यकर्ता रहेका छन् ।

उनीहरुसँगै धनगढी उपमहानगरपालिका ३ बाट नेकपा माओवादी केन्द्र र नेपाली काँग्रेसका जिल्ला स्त्तरिय कार्यकर्ता एमालेमा प्रवेश गरेका छन् । नेकपा एमाले सात नम्बर प्रदेशमा आज आयोजित पार्टी प्रवेश कार्यक्रममा उनीहरुलाई नेकपा एमालेका उपाध्यक्ष एवं सात नम्बर प्रदेशका संयोजक भीम रावलले टीका लगाएर स्वागत गरेका छन् ।

पार्टी प्रवेश कार्यक्रममा बोल्दै एमाले उपाध्यक्ष रावलले नेकपा एमाले धनगढी उपमहानगरपालिकाका सुर्य ध्वजाबाहक उम्मेदवारलाई विजयी गराउन सम्पूर्ण कार्यकर्तालाई अहोरात्र खट्न निर्देशन दिए ।

कार्यक्रममा नव प्रबेशीका तर्फबाट बोल्दै राजेश भण्डारीले आसन्न दोस्रो तहको निर्वाचनमा एमालेका उम्मेदवारलाई विजयी गराउन महत्वपूर्ण भूमिका खेल्ने बताए । उनले भने एमाले पार्टी मात्र देश र जनताको पक्षमा उभिने पार्टी भएकोेले आफूले सो पार्टीमा प्रवेश गरेको बताए ।

पहिलो चरणमा १५ प्रतिशतले राप्रपा छोडेर एमालेमा प्रवेश गरेको बताउँदै भण्डारीले भने केही दिनभित्रै १० हजारले एमाले प्रवेश गर्ने छन् ।

को हुन् भण्डारी ?

राजेश भण्डारी धनगढीका स्थापित व्यवसायी पनि हुन् । अर्थशास्त्रमा स्नाकोत्तर गरेका भण्डारी स्थानीय रैथाने हुन् । दुई कार्यकाल उद्योग बाणिज्य संघको बरिष्ठ उपाध्यक्ष पदमा कुसलता पुर्वक काम गरिसकेका भण्डारी दोस्रो संविधान सभामा कैलालीको क्षेत्र नं. ६ राप्रपा नेपालबाट प्रत्यक्षतर्फ उम्मेदवार थिए । उनले ८ हजार बढी मत ल्याएका थिए । राप्रपा नेपालका केन्द्रिय सदस्य हाल महाधिबेशन प्रतिनिधि थिए ।