३ कार्तिक २०८३, मंगलबार

दीव्यालाई फिल्मबाट यसकारण निकालिएको थियो

812
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

मुम्बई । हिन्दी सिनेमामा थुप्रै हिरोइन यस्ता छन् जसले दुईचार वटा फिल्म खेले, निकै चर्चित भए र छिट्टै नै अमर भए । यी नायिकाको सूचीमा दीव्या भारतीको नाम पनि आउँछ ।

९० को दशकी सबैभन्दा उत्कृष्ट नायिका मध्येकी एक दीव्या भारतीको १९ वर्षको उमेरमा नै मृत्यु भएको थियो । दीव्या भारतीले आफ्नो फिल्मको सुरुवात त्यतिबेला गरेकी थिइन् जब उनी कक्षा ९ मा पढिरहेकी थिइन् । नायक गोविन्दाका दाइ कीर्ति कुमारले उनलाई आफ्नो फिल्म ‘राधाका संगम’मा साइन गराए । दीव्या पनि मन लगाएर अभिनय र डान्सको तालिम लिन थालिन् ।

कीर्ति, दीव्यामाथि कृतज्ञ थिए । उनीहरूबीचको सम्बन्ध राम्रो थियो । मानिसहरूले भने उनीहरूको सम्बन्धलाई अफेयरको नाम दिन थाले । यी सब अफवाहका कारण कीर्तिले दीव्यालाई फिल्मबाट बाहिर निकालेर जूही चावलालाई साइन गराए । यद्यपि, यसको सटिक कारण के थियो त्यो भने थाहा हुन सकेको छैन ।

कीर्तिले दीव्या फिल्मका लागि परिपक्क नभएकाले समावेश नगरेको बताए । फिल्मबाट एक्कासि निकालिएपछि दीव्या निकै तनावमा परिन् । उनी फिल्मका लागि निकै मेहनत गरिरहेकी थिइन् । एक अन्तर्वार्तामा दीव्याकी आमाले दिएको जानकारी अनुसार उक्त घटनाले दीव्याको मुड यति खराब बनाइदिएको थियो कि उनको मुड फ्रेश बनाउनका लागि उनलाई कश्मिर घुमाउन लगिएको थियो ।

केही समयपश्चात् दीव्यालाई साउथको फिल्मको अफर आउन थाल्यो । दीव्याको पहिलो साउथ फिल्म ‘बबली राजा’ थियो । फिल्म सन् १९९० मा रिलिज भयो । उक्त फिल्म निकै सफल भयो । यो फिल्मपश्चात् दीव्या साउथकी सुपरस्टार बनिन् । साउथमा सफल भएकी दीव्यालाई देखेर फिल्म निर्माता राजिवले उनलाई आफ्नो फिल्म ‘विश्वात्मा’मा साइन गराउने निर्णय गरे । यो फिल्ममा दीव्यालाई सन्नी देओलको अपोजिटमा साइन गरियो ।

दीव्याको हिन्दी सिनेमामा पहिलो फिल्म भएकाले उनलाई ५ सय भारु पारिश्रमिक दिइयो । यो फिल्मपश्चात् नै बलिउडमा दीव्या चम्किइन् र उनलाई फिल्मको ओइरो लाग्न थाल्यो । – एजेन्सी