३ कार्तिक २०८३, मंगलबार

सम्बन्धविच्छेदपछि नायिकाले देखाइन यस्तो हर्कत

4.6k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

मुम्बई । मलाइका अरोडा खानले सोसल मिडियामा एक फोटो सेयर गरेकी छिन् । जसमा उनी श्वेता बच्चनसँग देखिएकी छिन् ।

फोटोमा मलाइकाले आफ्नो हिप ट्याटु देखाएकी छिन् । यद्यपि, उनको फोटोमाथि थुप्रै सोसल मिडिया प्रयोगकर्ताले लाज राख्नका लागि सल्लाह दिएका छन् ।

यतिमात्र होइन, कतिले त उनलाई पूरा लुगा नै खोल्न सल्लाह दिएका छन् ।

एक प्रयोगकर्ताले मलाइकालाई लाज नभएकी महिलाको संज्ञा दिँदै लेखे, ‘योभन्दा राम्रो त कपडा नै नलगाएको भए हुन्थ्यो । सम्बन्धविच्छेद गरेर कति खुसी भएको ? मोजमस्ती गर्नका लागि नै उनले सम्बन्धविच्छेद गरेकी हुन् ।’

उनका फोटोमा यस्ता थुप्रै कमेन्ट आएका छन् जसलाई लेख्न सम्भव छैन । कुनै यस्ता कमेन्ट पनि छन् जसलाई लेख्न सकिन्न । स्मरण रहोस्, यो फोटो पछिल्लो दिन निर्माता करण जोहरको जन्मदिनको पार्टीको क्रममा खिचिएको हो ।

मलाइका अरोडा र अरबाज खान आधिकारिक रुपमा अलग्गिसकेका छन् । पछिल्लो ११ मे मा बान्द्रा फ्यामिली कोर्टमा उनीहरुले सम्बन्धविच्छेद गरेका हुन् ।

दुबैका १४ वर्षका छोरा छन् । जो अहिले मलाइकासँग बसिरहेका छन् । मलाइका र अरबाजको विवाह सन् १९९८ मा भएको थियो । – एजेन्सी