
भरतपुर, २० जेठ । भरतपुर महानगरपालिकाको १९ नम्बर वडामा पुनः मतदान गर्ने निर्वाचन आयोगको निर्णयलाई लिएर काँग्रेसभित्रैबाट विरोध भएको छ ।
पुनः निर्वाचन गर्ने निर्णयको १९ नम्बरववडाका काँग्रेस समर्थकले नै विरोध जनाएका छन् । निर्वाचन आयोगको निर्णय लगत्तै सडकमा निस्किएर भरतपुरको १९ नम्बर वडाका बासिन्दाले बिरोध जनाएका हुन् ।
उनीहरुले पुनः मतदान नगरेर मतगणना गर्न माग गरेका छन् । ‘म कांग्रेसको मतदाता हुँ, अस्ति चुनावमा रेणुलाई भोट दिएको थिएँ, अब कुनै हालतमा दिन्न । हामी जस्ता काँग्रेस कार्यकर्ताको मन भाँचिएको छ ।’- भरतपुर १९ का प्रेम दाहालले भने ।
प्रधानमन्त्री दाहालले हार्न लागेकी आफ्नी छोरीलाई जसरी पनि जिताउन पुन मतदान गराउन निर्वाचन आयोगलाई दवाब दिएको स्थानीय बासिन्दाको बुभाइ छ ।
भरतपुर १९ को जारी मतगणनामा काँग्रेसले जित्दा जित्दै पनि माओवादीबाट मतपत्र च्यात्दा पार्टीले केही नबोलेको, उल्टै माओवादीलाई साथ दिएको र जनतालाई अनावश्यक दुःख दिएको भन्दै काँग्रेस कार्यकर्ताहरु आक्रोशित बनेका छन् ।















प्रतिक्रिया