१ कार्तिक २०८३, आइतबार

कसरी आयो निर्वाचन आयोगको ‘आश्चर्यजनक’ निर्णय ?

26.6k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २० जेठ । भरतपुरमा पुनः मतदान गर्ने विषयमा निर्वाचन आयोगका पदाधिकारीबीच नै भाँडभैलो भएको खुलासा भएको छ । भरतपुरमा मतगणना अघि बढाउने कि १९ नम्बर वडामा पुनः चुनाव गर्ने भन्ने विषयमा प्रमुख निर्वाचन आयुक्त र सदस्यहरुबीच चरम मतभेद देखिएको हो ।

आयोगका एक पदाधिकारीका अनुसार, प्रमुख आयुक्त अयोधीप्रसाद यादव पुनः चुनाव गर्नुपर्ने पक्षमा उभिएका थिए । उनकै दबाबमा ५ दिनसम्म आयोग अनिर्णित बनेको थियो ।

यसअघि शुक्रबारको बैठकमा पनि आयोगका पदाधिकारीबीच चर्को बिबाद भएको थियो । बिवादकै कारण शुक्रबारको बैठक निष्कर्षविहीन बनेको थियो । प्रमुख आयुक्त यादव कुनै पनि हालतमा मतदान गराउने पक्षमा उभिएपछि अन्ततः शनिबार आयोगले पुनः मतदानमा जाने निर्णय गरेको छ । तर, यादवको निर्णयलाई चुनौती दिँदै आयुक्त नरेन्द्र दाहालले गम्भीर असहमति जनाएका छन् । पुनः मतदान गराउने उद्देश्यले नै मतपत्र च्यातिएको भन्दै दाहालले आयोगको निर्णयले गलत प्रवृत्तिलाई साथ दिने बताए ।

भरतपुर घटनाका विषयमा सहमहान्यायाधिक्ता गिताप्रसाद तिम्सिनाको संयोजकत्वमा गठित छानबिन समितिले आफ्नो प्रतिवेदन बुझाएपछि लगातार आयोगको बैठक बसेको थियो ।

नेकपा एमालेले मतगणनाको माग गर्दै संसद अबरुद्ध गरिसकेको छ । अन्यथा भए देशभर चुनाव नहुने र भरतपरका मेयरका उम्मेदवार ज्ञवालीलाई मेयर घोषणा गर्ने एमालेले चेतावनी दिइसकेको छ । काँग्रेस र माओवादी भने चुनाव गर्नुपर्ने पक्षमा थिए ।