काठमाडौं, २० जेठ । भरतपुर महानगरपालिकाको वडा नं. १९ मा पुनः मतदान गराउने निर्वाचन आयोगको निर्णयमा नेकपा एमालेले असहमति जनाएको छ ।
शनिबार बसेको स्थायी समिति बैठकले पुनः निर्वाचन गर्ने निर्णय संविधान विपरित भएको निष्कर्ष निकाल्दै अस्वीकार गर्ने निर्णय गरेको हो ।
बैठकपछि एमाले अध्यक्ष केपी ओलीले आयोगको निर्णय मान्य नहुने बताए । उनले भने, ‘यो संविधान विपरित छ । हामीलाई मान्य छैन । यसको विकल्प खोज्छौं ।’ विकल्प कस्तो हुने भनेर भने ओलीले खुलाएनन् ।
चितवनको भरतपुर महानगरपालिका वडानम्बर १९ मा पुनः मतदान गर्ने निर्वाचन आयोगले निर्णय गरेको छ । मतदानका लागि नयाँ मिति तोक्न भरतपुरका मुख्य निर्वाचन अधिकृतलाई आयोगले निर्देशन पनि दिएको छ ।















प्रतिक्रिया