२१ कार्तिक २०८३, शनिबार

कांग्रेसका जिल्ला सदस्य थापा आमरण अनशनमा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

– आकाश देबकोटा

बाँबे, २० जेठ । बाँके क्षेत्र नम्बर ३ ले विधि र प्रक्रिया मिचेर उम्मेदवार सिफारिस गरेको भन्दै उक्त निर्णय सच्चयाउन र गलत गर्नेहरुलाई कारवाहीको मागसहित जिल्ला कार्य समिति बाँकेका सदस्य राजु थापा आमरण अनशनमा बसेका छन् ।

थापा शुक्रबारदेखि कांग्रेस पार्टी कार्यालय बाँकेमा आमरण अनशन बसेका हुन् । यसअघि क्षेत्र नम्बर ३ को कार्यकक्षमा तालाबन्दी गरेर दबाब दिए पनि माग सुनुवाई हुने सम्भावना नदेखिएपछि आमरण अनशन थाल्नु परेको थापाले बताएका छन् । ‘५ जना बसेर अल्पमतले उम्मेदवारहरु सिफारिस गरिएको छ’, उनले भने, ‘जुन कार्यान्वयन हुन नदिन दबाबस्वरु म आमरण अनशनमा बसेको हुँ । निर्णय नफेरिएसम्म मेरो अनशन रोकिंदैन ।’

थापाको अनशनप्रति एक्यबद्धता जनाउन कांग्रेसका कार्यकर्ता पार्टी कार्यालय पुगेका थिए । उनीहरुले क्षेत्र नम्बर ३ को सिफारिस पुनःविचार गर्नु जरुरी रहेको बताएका छन् । थापाका आमरण अनशनमा ऐक्बद्धता जनाउन पुगेका कांग्रेसका पुराना कार्यकर्ताहरुले भने, ‘प्रतिबन्धित समयमा पार्टीमा काम गर्ने हामी जस्ता साथीभाईहरुको कुनै मुल्यांकन नै भएन । थापाले भने त्याग तपस्याको यहाँ कुनै महत्व नै रहेन अब । पैसा नहुनेले चुनाव नै लड्न नपाउने स्थिति देखियो ।’

नेपाली कांग्रेस जिल्ला कार्य समितिले क्षेत्र नम्बर ३ र क्षेत्र नम्बर १ बाट रित नपु¥याएर गरिएका सिफारिसलाई मान्यता नदिन केन्द्रलाई पत्राचार गरिसकेको छ ।

थापाले भने सभासद बादशाह कुर्मी र क्षेत्र नं. ३ का सभापति रमेश कुमार गुप्ताले भेदभाव र जालसाजी समेत गरेको आरोप लगएका छन् ।