१ कार्तिक २०८३, आइतबार

प्रधानमन्त्री निर्वाचनमा रणनीति बनाउन एमालेको स्थायी समिति बस्दै

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २० जेठ । प्रधानमन्त्री निर्वाचनका विषयमा छलफल गर्न प्रमुख विपक्षी दल नेकपा (एमाले)ले स्थायी समितिको बैठक बोलाएको छ ।

सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा दिउँसो एक बजेका लागि बोलाइएको बैठकमा प्रधानमन्त्री निर्वाचनका विषयमा छलफल हुनेछ ।

आफ्नो असहमति हुँदा हुँदै प्रधानमन्त्री निर्वाचनको कार्यकक्रम सार्वजनिक गरेको भन्दै आक्रोशित बनेको एमालेले सो विषयमा रणनीति बनाउनेछ ।

स्रोतका अनुसार एमालेले पनि प्रधानमन्त्री निर्वाचनमा आफ्नो तर्फबाट उम्मेदवारी दिने तयारी गरेको छ । एमालेले उपाध्यक्ष बामदेव गौतमलाई प्रधानमन्त्रीको उम्मेदवारी बनाउने चर्चा पनि छ ।