
काठमाडौँ, १९ जेठ । भरतपुर महानगरपालिकाको मतगणना सुरु गर्ने कि मतदान भन्नेमा निर्वाचन आयोगले शुक्रबार पनि कुनै निर्णय लिन सकेन ।
आयोगका पदाधिकारीहरुबीच नै मतभेद भएपछि शनिबारसम्म टुंग्याउने गरी शुक्रबारको बैठक टुंगिएको छ । प्रमुख निर्वाचन आयुक्त डा अयोधिप्रसाद यादवले शनिबारसम्म निर्णयमा पुग्ने बताएका छन् ।
निर्वाचन आयोग परिसरमा सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै उनले नष्ट भएका मतपत्रलाई कसरी व्यवस्थापन गर्ने, मत गणना गर्ने की पुनः निर्वाचन गर्ने भन्ने विषयमा विभिन्न कोणबाट छलफल भए पनि निचोडमा पुग्न भने बाँकी रहेको जानकारी दिए ।
भरतपुर महानगरपालिकामा नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रको संयुक्त गठबन्धनका तर्फबाट उम्मेदवार रहेकी रेणु दाहाल तथा नेकपा एमालेका उम्मेदवार देवी ज्ञवालीबीच तीव्र प्रतिस्पर्धा भएको बेला गत जेठ १४ गते माओवादी प्रतिनिधिले मतपत्र च्यातेका थिए ।















प्रतिक्रिया