४ कार्तिक २०८३, बुधबार

बाजुरामा दुई अर्ब बजेट विनियोजन

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बाजुरा, १९ जेठ । सरकारले आर्थिक वर्ष २०७४/७५ का लागि रु एक अर्ब ९४ करोड ५८ लाख बजेट विनियोजन गरेको छ ।

जिल्लाका नौवटा स्थानीय तहका लागि सो बजेट विनियोजन गरिएको हो । जिल्लाको बूढीनन्दा नगरपालिकाका लागि रु २५ करोड ३९ लाख २४ हजार, त्रिवेणी नगरपालिकाका लागि रु २३ करोड ५५ लाख २१ हजार, बूढीगङ्गा नगरपालिकाका लागि रु २४ करोड ९२ लाख २४ हजार र बडिमालिका नगरपालिकाका लागि रु २५ करोड १२ लाख ३५ हजार बजेट विनियोजन गरिएको छ ।

यस्तै हिमाली गाउँपालिकाका लागि रु १८ करोड ४१ लाख ३७ हजार, स्वामीकार्तिक गाउँपालिकाका लागि रु २१ करोड ४७ लाख ८६ हजार, गौमुल गाउँपालिकाका लागि रु १६ करोड ५३ लाख ४९ हजार र छेडेदह गाउँपालिकाका लागि रु २३ करोड ३९ लाख ६३ हजार बजेट विनियोजन गरिएको छ । रासस