काठमाडौं । सुरज सुब्बा ‘नाल्बो’ निर्देशित चलचित्र ‘रातोघर’ फिल्ममा धेरै हत्या हिंसा रहेको भन्दै आलोचना भएको छ ।
काठमाडौंको कमलपोखरीस्थित बिग मुभिजमा बुधबार भएको प्रिमियर शोमा सहभागीहरूले फिल्ममा हत्या हिंसाले धेरै बढावा पाएको टिप्पणी गरे । उनीहरूले मुलुक शान्ति प्रक्रियामा गइसकेको र हत्या हिंसाका कुराबाट टाढा रहन चाहेको अवस्थामा यस्ता दृश्यले दर्शकलाई फिल्म हलसम्म ल्याउन नसक्ने बताएका हुन् ।
प्रिमिएरमा केही चलचित्र नबुझेको, केहीले चलचित्र काटमार बढी भएको र कतिपयले चलचित्रले अपराधिक गतिबिधिलाई बढवा दिएको प्रतिक्रिया दिए ।
‘रातो घर’लाई चर्चित हाँस्य कलाकार विल्सन विक्रम राई अर्थात तक्मे बुढाको निर्माण गरेका हुन् । फिल्ममा पनि विल्सनै मुख्य भूमिका रहेको छ ।
‘हमजायगा’बाट हीरो बनेका विल्सनको ‘रातो घर’मा रहेको अभिनयलाई मनपराएको छ । चलचित्रमा उनी हास्यँ श्रृखला अभिनयभन्दामाथी उठ्न नसकेको कतिपयको टिप्पणी छ ।
सुरज सुब्बा र तक्मे बुढाको संयुक्त लगानी रहेको चलचित्र ‘रातो घर’ शुक्रबारदेखि प्रर्दशनमा आएको छ ।
फिल्ममा विल्सनसँगै संयम पुरी, गौरव पहारी, मेनुका प्रधान, अनुराग कुँवरलगायतको मुख्य भूमिका छ ।
‘रातो घर’को प्रिमियरमा अभिनेत्री करिस्मा मान्नधर, गायिका कोमल ओली , अभिनेत्री सुस्मा कार्की लगायत दर्जन बढी सेलिब्रटीको उपस्थिती थियो ।
चलचित्रमा कमेडी, थोरे लभ स्टोरी र चाहिनेभन्दा ज्यादा एक्सन मिश्रित गरिएको छ । जसको कम्प्याल राम्रो नमिलेको टिप्पणी छ ।















प्रतिक्रिया