१ कार्तिक २०८३, आइतबार

भरतपुरमा मतपत्र च्यात्नेलाई माओवादीबाट सम्मान

30.2k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

अदालतको आदेशमा बिहीबार रिहा भएका मधुकर न्यौपाने र द्रोण शिवाकोटी रातो खादासहित

भरतपुर, १८ जेठ । भरतपुर महानगरपालिकाको मतगणनाका क्रममा मतपत्र च्यातेको अभियोगमा पक्राउ परेर रिहा भएका दुई जनालाई माओवादीले सम्मान गरेको छ ।

बिहीबार रिहा भएका मधुकर न्यौपाने र द्रोण शिवाकोटीलाई माओवादी केन्द्रले खादा लगाएर सम्मान गरेको हो । एक -एक लाख रुपैँया धरौटी तिरेर उनीहरु रिहा भएका हुन् । चितवन जिल्ला अदालतका न्यायाधीश वासु पौडेलको एकल इजलासले उनीहरुलाई धरौटीमा रिहा गर्ने आदेश दिएको हो।

जेठ १४ गते भरतपुर महानरपालिका वडा नम्बर १९ को मतगणनाका क्रममा मतपत्र च्यातेको भन्दै प्रहरीले उनीहरुलाई पक्राउ गरेको थियो।