९ मंसिर २०८३, बुधबार

चितवनबाट ज्ञवाली र पहारीको चेतावनीः षडयन्त्र र जालझेल नरोके निर्णय सुनाउन बाध्य हुनेछौं

2.5k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

चितवन, १८ जेठ । नेकपा एमालेका सचिव प्रदीप ज्ञवालीले तत्काल भरतपुरमा मतगणना गर्न नसके मुल्य मान्यताको राजनिति समाप्त भै मुलुक अराजकतामा जाने बताउनुभएको छ ।

भरतपुरमा नेकपा एमाले जिल्ला कमिटीद्वारा आयोजित धर्ना कार्यक्रमलाई सम्बोधन गर्दै तत्काल मतगनना सुरु गर्न नसके भविष्यमा निर्वाचनमा गलत नजिर स्थापित हुने बताउनुभयो ।

नेपाली कांग्रेस र माओबादी गठबन्धनले आम मतदाता समेत आज मतगणनाको पक्षमा रहेको यथार्थलाई केहि सिमित मानिसलाई जिताउन गरिएको झुन्डहरुको गोप्य रणनीतिले निर्वाचनको संस्कारलाइ नै प्रहार गर्न खोजेको बताउनुभयो । यो अभियान चितवनको मात्र सवाल नभएर सिंगो राष्ट्रवादीहरुको हार र जितको लडाई भएको हुँदा लोकतान्त्रिक विधि नमान्नेहरुको हार हुने बताउनुभयो ।

आम युवाहरुले आन्दोलित भएर परास्त गर्नुपर्छः पहारी

त्यस्तै, कार्यक्रमलाई सम्बोधन गर्दै युवा संघ नेपालका केन्द्रीय अध्यक्ष राजीव पहारीले देउवा र प्रचण्डको अप्राकृतिक गठबन्धनले कही नभएको जात्रा हाडि गाउँमा भनेझै नाटक मञ्चन गरेको बताउनुभयो । उहाँले आफ्नो समाजवाद नरेन्द्र मोदीको पाउमा चढाएका यी दलले आगामी दिनमा नेपालै समाप्त पार्ने गतिबिधिमा अगाडि बढ्ने हुँदा आम लोकतन्त्रका हिमायती एवं स्वाभिमानी जनताले बेलैमा चिन्न जरुरी रहेको समेत बताउनुभयो । उहाँले हिजो रुखमा पासविक तरिकाले झुन्ड्याएर हत्या गर्नेहरुले नेपालको स्वाभिमानको समेत हत्या गर्न खोजेको भन्दै आम युवाहरुले आन्दोलित भएर यस्ता शक्तिलाई परास्त गर्नुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा एमाले पोलिट्ब्युरो सदस्य काशीनाथ अधिकारी, जिल्ला अध्यक्ष कृष्णभक्त पोखरेल, युवा संघका नेता रमेश आचार्य लगायत हजारौं कार्यकर्ता तथा समर्थकको उपस्थिती थियो ।