काठमाडौं, १८ जेठ । भरतपुर महानगरपालिकाको मतगणना क्रममा विवाद हुँदा ९० मतपत्र च्यातिएको यकिन भएको छ ।
आइतबार रातिदेखि बन्द गरिएको मतगणना स्थल निर्वाचन आयोगको निर्देशनमा आजै खोलिएको थियो । उम्मेदवारहरूको रोहवरमा शिलबन्दी खोलेर गणना गर्दा ९० वटा मतपत्र च्यातिएको मुख्य निर्वाचन अधिकृत कविप्रसाद न्यौपानेले जानकारी दिए ।
च्यातिएका मतपत्र गणना गरेर पठाउन निर्वाचन आयोगले दिएको निर्देशनपछि भरतपुर महानगरपालिकाको मतगणनास्थलमा लगाइएको ताला खोलिएको थियो ।











प्रतिक्रिया