काठमाडौं, १८ जेठ । राष्ट्रपति कार्यालयद्वारा बहुमतीय प्रक्रियाबाट सरकार गठनका लागि आह्वान गर्नेवित्तिकै संसद सचिवालयले प्रधानमन्त्रीको निर्वाचनको मिति तोकेको छ ।
संसदमा प्रधानमन्त्रीको निर्वाचन अब जेठ २१ गते हुनेछ । सभामुख ओनसारी घर्तीले राष्ट्रपतिले बहुमतीय सरकारको आह्वान गर्दै संसदलाई पठाएको पत्र संसदका महासचिवलाई दिँदै २१ गते प्रधानमन्त्रीको निर्वाचन गर्ने गरी कार्यतालिक सार्वजनिक गर्न संसदका महासचिवलाई निर्देशन दिएकी हुन् ।
राष्ट्रपतिले पत्र पठाएको तेस्रो दिन प्रधानमन्त्रीको चुनाब गर्ने संसद नियमावलीमा उल्लेख छ ।
बिहीबारको संसद बैठक एमालेले अवरुद्ध पारेपछि सभामुख घर्तीले संसदमा राष्ट्रपतिको पत्र पढेर सुनाउन असमर्थ भइन् ।











प्रतिक्रिया