भक्तपुर, १८ जेठ । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेंले स्थानीय तहको पहिलो चरणको निर्वाचनमा कांग्रेसको तुलनामा एमालेले पैसा बाँडेर आफ्नो सिट संख्या बढाएको आरोप लगाएका छन् ।
रफत सञ्चार क्लबले बिहीबार भक्तपुरमा आयोजना गरेको साक्षात्कारमा बिजुक्छेंले १५ सालदेखि कांग्रेसले पैसा बाँड्दै आएको भन्दै अहिले आएर चुनावका समयमा मतदातालाई प्रलोभनमा पार्दै एमालेले ठूलो धनराशी खर्च गरेको आराप लगाए । उनले भने, ‘एमालेले ठूलो धनराशी बाँडेको उदारहण भक्तपुरको सूर्यबिनायक र चाँगुनारायण नगरपालिकामा प्रमाण हामीसँग छ ।’
उनले एमालेले कम्युनिष्टको ‘क’ समेत उचारण गर्न मन नपराउने र ब्यवहारले पुँजीबादी चरित्र प्रष्ट पारेको बताए । ‘बिगत देखिनै भन्दै आएको भनाई पहिलो चरणको स्थानीय तहको निर्वाचनमा एमालेले ब्यवहारमा देखाएको छ’, उनले भने ।
एमाले नेतृत्वको नौ दलीय विपक्षी गठबन्धनमा रहेको नेमकिपाले बहुमतीय सरकारमा नजाने जनाएको छ । अध्यक्ष विजुक्छले भने, ‘सरकारमा जाँदैनौँ तर, पार्टीले केही सर्तहरू भने राख्नेछ ।’
उनले नयाँ बन्ने सरकारले नेमकिपाका केही सर्त मानेको अबस्थामा प्रतिपक्षमै बसेर भएपनि सरकारलाई सहयोग गर्न सकिने बताए ।











प्रतिक्रिया