९ मंसिर २०८३, बुधबार

भरतपुरको मतगणना सुचारु गर्न माग गरेर गुल्मीमा एमालेको प्रदर्शन

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

– अनिल खत्री

गुल्मी, १८ जेठ । भरतपुर महानगरपालिकामा मत गणनाको माग गरेर एमालेका कार्यकर्ताले गुल्मीमा प्रदर्शन गरेका छन् ।

नेकपा (एमाले) गुल्मीको आयोजनामा बिहीबार बिरोधसभा आयोजना गरिएको हो । एमालेको विरोध कार्यक्रममा सहभागीहरूले भरतपुर महानगरपालिकामा रोकिएको मतगणना तुरुन्त सुचारु गर्न माग गरे ।

तम्घासका बिभिन्न चोकमा नाराबाजी सहित सडकमा उत्रिएका नेता तथा कार्यकर्ताले अबिलम्ब मतगणना सुचारु गरी जनताको अभिमत स्वीकार्न आग्रह गरेका थिए ।

प्रदर्शनपछि जिल्ला प्रशासन कार्यालय अगाडि आयोजित कोणसभामा बोल्ने अधिकांश नेताहरूले लोकतन्त्रमा जनताको अभिमतलाई गलत्याउन खाज्ने कार्य भएको भन्दै विरोध जनाए ।

एमालेको जिल्ला कमिटी सचिवालय सदस्य डिल्लीराज भुसालले माओवादी केन्द्रले पराजयको स्थितिमा पुगेर मतपत्र च्यात्नु गतल कार्य भएको बताए ।