३ कार्तिक २०८३, मंगलबार

अनमोल केसीलाई टक्कर दिन आइपुगे आशिरमान, एउटा फिल्मको पारिश्रमिक १५ लाख

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ । नायक अनमोल केसीलाई टक्कर नेपाली चलचित्र जगतमा अर्का नायकको उदय भएको छ । आशिरमान अनमोलपछि सबैभन्दा धेरै पारिश्रमिक पाउने नवनायक बनेका छन् ।

फागुन ४ गतेलाई प्रदर्शन मिति तोकिएको फिल्म ‘ब्रेकअप’को निर्माण टिमले अभिनेता आशिरमान देशराज जोशीलाई अनुवन्धित गरेको हो । उनलाई फिल्ममा आशिरमानलाई १५ लाख पारिश्रमिक दिएर अनुवन्धित गरिएको निर्माता रोहित अधिकारीले जानकारी दिएका छन् ।

हेमराज वीसीले निर्देशन गर्ने यो फिल्मका अन्य कलाकार फाइनल गरिएको छैन । अभिनेतालाई १३ लाख पारिश्रमिक, १ लाख पहिरनका लागि र १ लाख फिल्म हिट भएपछि दिनेगरि संझम्ता गरिएको हो ।

आशिरमानले फिल्मको कथावस्तु उत्कृष्ट लागेकाले आफूले काम गर्न लागेको बताए । यो फिल्मको छायांकन चाँडै नै सुरु हुनेछ । रोहित अधिकारी, दीपक खतिवडा र रुपक थापाले मिलेर यो फिल्म बनाउन लागेका हुन् ।