१ कार्तिक २०८३, आइतबार

गगनको क्षेत्रमा कसले गर्‍यो अन्तर्घात ? एकएकलाई कारबाही गर्न सिफारिस

9.9k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १८ जेठ । काठमाडौं जिल्लाभित्रका नगरपालिकाहरूमा स्थानीय तहको निर्वाचनको मतपरिणाम आएको धेरै दिन भएको छैन । तर, नेपाली कांग्रेस र भातृसंगठनहरूले पराजयको कारण धमाधम खोज्न थालेका छन् ।

काठमाडौं क्षेत्र नम्बर ४ मा पार्टीभित्रै अन्तर्घात भएको भन्दै बुधबार समीक्षा बैठक बसेको छ । बैठकमा सहभागीहरूले पार्टी नीति र सिद्धान्त विपरित कांग्रेसका उम्मेदवारहरूलाई हराउन केही स्थानीय नेताहरूले ठूलो भूमिका खेलेको भन्दै एकएकलाई हदैसम्मको कारबाही गर्न माग उठेको छ ।

काठमाडौं क्षेत्र नम्बर ४ मा कांग्रेसका युवा नेता तथा स्वास्थ्यमन्त्री गगनकुमार थापाको क्षेत्र हो । युवा नेता थापाले कांग्रेसका उम्मेदवारहरूलाई जिताउन ठूलो भूमिका खेलेको नेपाल तरुण दल क्षेत्र नं. ४ का क्षेत्रीय सभापति अनुप प्रधानले जानकारी दिए । उनले भने, ‘गगन थापाजीले उम्मेदवारहरूको पक्षमा राम्रो प्रचार गर्नुभयो । तर, पार्टीभित्रकै केही साथीहरूले आफ्ना उम्मेदवारहरूलाई हराउन भूमिका खेल्नुभयो । समीक्षा बैठकले गगन थापाज्यूलाई धन्यावाद पनि दिएको छ ।’

‘समीक्षा बैठकमा तरुण साथीहरूले यस क्षेत्र चुनाबको परिणाममा धेरै कुरामा कमजोरी रहेको निष्कर्ष निकालिएको छ । पार्टीका साथीहरूको असन्तुष्टिका कारण अन्तर्घात भएको छ । अन्तर्घातका कुरा उठेका छन् । सम्बन्धित विभागले काठमाडौं क्षेत्र नं. ४ मा भएको अन्तर्घातका विषयमा अध्ययन गरी भविश्यमा यस्ता घाटना नदोहोरियोस् भन्ने निर्णय गरेको छ’, अध्यक्ष प्रधानले जानकारी दिए ।

नेपाल तरुण दल काठमाडौं क्षेत्र नं. ४ ले आगामी दिनमा युवा नेतृत्व विकास कार्यक्रम, उद्घोषण तालिम र विभिन्न कार्यक्रम गर्ने निर्णय गरेको तरुण दल क्षेत्र नम्बर ४ का अध्यक्ष प्रधानले बताए ।

काठमाडौं क्षेत्र नं. ४ अन्तर्गत काठमाडौं महानगरको वडा १, ७, ८ र ३० मध्य ८ मा कांग्रेसका वडा अध्यक्ष उम्मेदवार दिनेश सिंहको प्यानलले विजयी हासिल गरेको थियो । वडा नं. ३० मा दलबहादुर कार्कीको प्यानल र १ नं. वडाम खुल्ला सदस्य र महिला सदस्य विजय भएका थिए । बुढानिलकण्ठ नगरपलिकाको १, २, ८, ९, १०, ११, १२ र १३ मा एमालेले जितेको थियो ।

समीक्षा बैठकमा नेपाली कांग्रेसका क्षेत्रीय सभापति राजु श्रेठ, अनुशासन समितिका संयोजक श्रीराम लामिछाने, जानु घिमिरे, महासमिति सदस्य राधा घले, कर्मा छिरिङ शेर्पा, क्षेत्रीय सदस्य सुदर्शनराज बिष्ट, तरुण दल काठमाडौं महानगरका अध्यक्ष रोशन श्रेष्ठ, बुढानिलकण्ठ तरुण दल नगर अध्यक्ष राजुबिक्रम थापाका साथै तरुण दलका ईकाई अध्यक्ष, तरुण दल क्षेत्र नं. ४ तरुण दलका अध्यक्ष अनुप प्रधानलगायतको उपस्थिति रहेको थियो ।