
काठमाडौं, १८ जेठ । नेकपा एमालेले आज पनि संसद बैठक अबरुद्ध गरेको छ । तर, आजको संसद बैठकमा भने माहौल केही भिन्न बन्यो ।
सभामुख ओनसरी घर्तीले विहीबारको संसद बैठक सुरु भएको जनाउ दिने बित्तिकै एमालेका सांसदहरु उभिएर बैठक अवरोध गरे । त्यति नै बेला जुरुक्क उठे माओवादी केन्द्रका सांसद रामनारायण विडारी । उनले नियमापत्ति भनेर एकोहोरो कराएपछि बैठक हाँसोले गुञ्ययमान भएको थियो ।
सभामुख घर्तीले एमाले सांसदले अवरोध जनाइरहेका बेला नियमापत्तिका लागि बोल्न दिन नसक्ने बताएकी थिइन् ।
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले भरतपुर महानगरपालिकाको मतगणना सुचारुको माग गर्दै विहिबार पनि व्यवस्थापिका संसद बैठक अबरुद्ध पारेको हो ।
संसद बैठक जेठ २१ गते बिहान ११ बजे सम्मका लागि बैठक स्थगित भएको छ ।











प्रतिक्रिया