काठमाडौं । बहुप्रतिक्षित फिल्म ‘प्रेमगीत २’ साउन १३ गतेबाट रिलिज हुने भएको छ । ‘प्रेमगीत २’को अडियो जुकेबक्स सामाजिक सञ्जाल यूट्यबमा सार्वजनिक पनि भएको छ ।
सार्वजनिक गरिएको जुकेबक्समा ‘कहानी यो प्रेमगीतको’, ‘मोटरसाईकलमा’, ‘ न त हाँस्न नै सक्छु’ र ‘बिस्तारै बिस्तारै’ बोलको चार वटा गीतहरुको अडियो समाबेश गरिएको छ ।
केही सयम अघि जुकेबक्समा समाबेश गरिएको ‘कहानी यो प्रेमगीतको’ र ‘मोटरसाईकल मा’ बोलको गीतको भिडियो सार्वजनिक पनि भईसकेको छ । फिल्मको सार्वजनिक गरिएको ती दुवै गीतहरुले दर्शकहरुको मन जित्न सफल भईसकेको छ । त्यसोत, निर्माण पक्षले ‘कहानी यो प्रेमगीतको’ बोलको गीतको बिश्वब्यापी कभर सङ्ग प्रतियोगीताको घोषणा पनि गरिसकेका छन् । एक जना पुरुष र अर्को एक जना महिला विजेता नगद रु एक एक लाखबाट पुरस्कृत हुने भएका छन् । त्यस्तै आसुसेन फिल्मस्को ब्यानरमा निर्माण हुने आगामी फिल्महरुमा गीत गाउने अवसर पनि प्राप्त गर्नेछन् ।
सन्तोष सेनको ‘प्रेमगीत २’ समाबेश गरिएका गीतहरुलाई इन्दिरा जोशी, रोहित जोन क्षेत्री, श्रेया सोताङ, प्रताप दास र सागर सन्सार राईले स्वरबद्ध गरेका छन् । त्यस्तै कल्यान सिंह, अलिश कार्की र रोहित जोन क्षेत्रीले संगीतबद्ध गरेका छन् । शब्द भने अमृत मरहट्ठा, मनीषा खड्का, रोहित जोन क्षेत्रीको रहेको छ ।
फिल्ममा प्रदीप खड्का, आस्लेशा ठकुरी, कैलाश कटुवाल, कबिता रेग्मी, शिशिर भण्डारी, कुमार कार्की, मुक्त बाबु आचार्य, श्रद्धा प्रसाई लगाएतको मुख्य भुमिका रहेको छ । फिल्मलाई आसुसेन फिल्मस्को ब्यानरमा सन्तोष सेनले निर्माण गरेका हुन्, भने राम शरण पाठकले निर्देशन गरेका हुन् । फिल्मको कथा, संवाद र स्क्रीनप्ले पनि निर्देशक पाठकको आफ्नै रहेको छ ।
यता फिल्मको रिलिज मिति नजिकिदै गर्दा निर्माण पक्ष भने प्रचार प्रसामा ब्यस्त छन् । भर्खरै मात्र निर्माण पक्ष पनि मोफसलका नारायणघाट, बिर्तामोड, धनगडी, सिक्किम, टिकापुर, हेटौडा, पोखरा, चितवन, दमक, धरान, नेपालगंज, बुटवल, इटहरी लगाएतका ठाउँहरुमा पब्लिसिटिका कामहरु सकेर काठमाडौ फर्केका छन् । निर्माता सेनका अनुसार मोफसलका दर्शकहरुले ‘प्रेमगीत २’ प्रति धेरै माया देखाएका छन्, भने सबैको लागी यस फिल्म पर्खाईको फिल्म बनेको छ ।















प्रतिक्रिया