डालस । अमेरिकामा रहेका किराँत धर्माबलम्बीहरुको राष्ट्रिय सम्मेलन तथा किराँत खिबेक्वा याक्वा लाधुंङशेमी सेवा, चौथो वार्षिक किराँत उभौली कार्यक्रम टेक्सासको डालस शहरमा विभिन्न कार्यक्रम गरी सम्पन्न भएको छ ।
किराँतहरुको केन्द्रीय संगठन किराँत कम्युनिटी अर्गनाइजेसन अफ अमेरिका र किराँत सोसाइटि अफ टेक्सास फर रिलीजन एण्ड कल्चरको संयुक्त आयोजना मे २६ देखि २८ सम्म चलेको सो कार्यक्रमको पहिलो दिन किराँत कम्यूनीटि अर्गनाइजेसनको राष्ट्रिय भेला तथा साधारणसभा र विज्ञहरुको सम्मेलन, दोस्रो दिन उभौली पुजा, प्रार्थना, साकेला नाच, किराँत भजनकिर्तन र धर्मगुरुहरुको साधारणसभा भएको थियो ।
अन्तिम दिन सांस्कृतिक कार्यक्रम र किराँत धर्मको संरक्षण र प्रवर्धनमा भूमिका खेलेका विभिन्न व्यक्तित्वहरुलाइ सम्मान गरिएको थियो ।
अमेरिकामा रहेका किराँत परिवारहरुको विशाल जमघट रहको सो सम्मेलनमा ३५ राज्यका प्रतीनिधीहरुले आफ्नो राज्य संगठनको बार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए भने केन्द्रीय समितिले आगामी वर्षको कार्ययोजना पेश गरेको किराँत कम्युनिटी अर्गनाइजेसन अफ अमेरिकाका अध्यक्ष सुकमान सुब्वाले बताए ।















प्रतिक्रिया