३ कार्तिक २०८३, मंगलबार

दीपेन्द्र–देवयानीको कथामा फिल्म बन्ने, दरबार हत्याकाण्ड देखाइने

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । पूर्वराजा दीपेन्द्र वीरविक्रम शाहको प्रेमकथा नेपाली चलचित्र बन्ने भएको छ । दीपेन्द्र देवयानी राणाबीचको प्रेमसम्बन्धलाई फिल्ममा देखाइनेछ ।

दरबार हत्याकाण्डमा दीपेन्द्रको पनि निधन भएको थियो । उनी त्यस बेला २९ वर्षको मात्रै थिए ।

राप्रपाका वरिष्ठ नेता पशुपति शम्शेर राणाकी छोरी देवयानी र दीपेन्द्रबीच प्रेमसम्बन्ध रहेको दाबी गरिन्छ ।

राजदरबारका पूर्वसचिव विवेकुमार शाहले लेखेको किताब ‘मैले देखेको दरबार’मा आधारित रहेर फिल्म ‘दीपेन्द्र सरकार’ निर्माण गरिनेछ । बुधबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा सो फिल्मको घोषणा गरिएको छ ।

आशुषेन फिल्मको ब्यानरमा ‘दीपेन्द्र सरकार’ बन्नेछ । फिल्मका निर्माता सन्तोष सेन हुन् । उनले यो चलचित्रका बजेट ५ करोड ५० लाख खर्चने योजना बनाएका छन् ।

सेनले फिल्मका लागि ‘मैले देखेको दरबार’को प्रतिलिपि अधिकार किनिसकेको जानकारी दिए । फिल्मको रिलिज डेट २०७५ को जेठ १९ गतेलाई तोकिएको छ ।