१ कार्तिक २०८३, आइतबार

टिमकोच राजुकाजी शाक्य नेपाल प्रस्थान

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बेलायत । “एफ सी केन्ट भेटेरेन, बेलायत” को स्पोन्सरमा बेलायतमा रहेका नेपाल राष्ट्रिय फुटबल टिमकोच तथा सहायक मेनेजर राजुकाजी शाक्य गत ३० मे २०१७ को साँझ लन्डन हिथ्रो एयरपोर्टबाट नेपाल फर्किएका छन् ।

फुटबल खेलबाट नेपाल राष्ट्रलाई प्रतिनिधित्व गर्ने, राष्ट्रकै गहना फुटबल खेलाडी राजुकाजी शाक्यले सन १९८१ सालबाट शुरु गरेर सन १९९७ सम्म खेलाडीको रुपमा नेपालकै ईतिहासमा सबै भन्दा लामो समय सम्म खेलेका हुन ।

उनले राष्ट्रिय टिममा खेल्न थाले लगत्तै सन १९८४ मा नेपालले पहिलो साफ गेम जितेको थियो । सन १९९३ मा उनको टिम क्याप्टेनमा दोस्रो साफ गेम जितेको हो ।

पछिल्लो समयमा आएर नेपाल राष्ट्रिय फुटबल टिमको कोच गर्दै आएका राजुकाजी शाक्य एक कुशल कोचको रुपमा पनि चिनिन्छन । जुन ज्यलन्त उदाहरण सन २०१६ मा भएको साग गेमको उपाधि नेपालले हात पारेको छ ।

बेलायतमा नेपाली समुदायबीच फुटबल खेल केही वर्ष यता उत्साह पूर्वक बडिरहेको छ । शुरुमा भेटघाट तथा मेलाको रुपमा भएपनि अहिले आएर प्रतिस्पर्धाकै रुपमा खेल हुदै गएको छ ।

यसै सन्दर्भमा “फुटबल क्लब केन्ट भेटेरेन” को स्थापना २०१४ मा भए यता यस क्लबले २ वर्ष भित्रै धेरै टुर्नामेन्टहरु जितेर छोटो समयमै ख्यातिप्राप्त गरि एक उदाहरणीय क्लब बनेको छ ।

गत २८ मे २०१७ को दिन तमुधिको आयोजनामा भएको “गोरखा कप” भेटरेन तर्फ लगातार ३ पल्ट जीतेको थियो ।

बेलायतमा नेपाली भेटरेन टिमहरुमा सबैभन्दा कुशल टिम चिनिने यस क्लबलाई सम्भवत सबै टुर्नामेन्टहरुमा “एफ सी केन्ट भेटेरेन, बेलायत” लाई कसरि हराउने भन्ने मानसिकता अरु टिमहरुले लिएर आएका हुन्छन ।