काठमाडौं, १७ जेठ । सरकारले दोस्रो चरणको स्थानीय तहको चुनाव मिति पुनः सारेको छ । बालुवाटारमा बुधबार बिहान बसेको मन्त्रिपरिषद बैठकले असार १४ गतेका लागि चुनाव सार्ने निर्णय गरेको हो ।
यसअघि सरकारले जेठ ३१ गतेलाई तोकेको थियो । मधेस केन्द्रित दलहरूलाई चुनावमा सहभागी गराउनभन्दै असार ९ गते पु-याइएको थियो । तर, ९ गते मुस्लिम समुदायको महान पर्व रमजान परेको भन्दै चुनावलाई असार १४ गते पु-याइएको छ ।
प्रदेश नम्बर १, २, ५ र ७ मा दोस्रो चरणको स्थानीय तहको चुनाव हुँदैछ । यसैबीच, सरकारले श्रीलंकाका बाढी पीडितका लागि ५० हजार डलर सहयोग गर्ने निर्णय पनि गरेको छ ।











प्रतिक्रिया