१ कार्तिक २०८३, आइतबार

अनि, रेणुले देखाएरै भनिन्

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १७ जेठ । नेपालको चुनाव न हो, जित्दासम्म सबै ठीक, हारेपछि ‘यो पनि बेठीक, त्यो पनि बेठीक !’ भरतपुर महानगर प्रमुखमा प्रम पुष्पकमल दाहालपुत्री रेणुले हारिसकेकी छैनन् तर, स–साना कुरालाई लिएर भित्रभित्रै समस्या भने सुरु भइसकेका छन् ।

अहिले दाहाल परिवारभित्र लफडा चलेको छ, नारायण दाहालको भूमिकालाई लिएर । पहिला रेणुलाई काठमाडौंबाट भरतपुर लैजाने र महानगर प्रमुख उठाउने कुरा नारायणले नै चलाएका हुन् । जनआस्था साप्ताहिकले समाचार छापेको छ ।

काठमाडौंको क्षेत्र नम्बर १ लाई आधार बनाएर पार्टी काम गरिरहेकी रेणुलाई उता लैजाने कुरा भएपछि त्यही क्षेत्रमा काम गर्ने भक्कुप्रसाद सुवेदीहरूले हत्तपत्त रेणुको पार्टी जिम्मेवारी चितवन जिल्लामा सारिएको पत्र तयार पारे ।

यसपछि रेणुले नमान्ने कुरै थिएन । जब रेणु भरपुर जान राजी भइन् र भावी मेयरकी प्रत्याशीका रुपमा उनी प्रचारित हुन थालिन्, त्यसपछि नारायण लोभिए । उनले ‘आफैं उठ्छु’सम्म भने ।

रेणुले, ‘त्यसोभए अब म उठ्दिन । सबैतिर हल्ला भएपछि आफैं उठ्छु भन्ने ?’ भन्दै गुनासो गरिन् । तर, प्रम पुष्पकमल दाहालले भरतपुर पार्टी एक्लैले नजित्ने, कांग्रेससँग सहकार्य गर्नुपर्ने र सहकार्यका निम्ति नारायणलाई भन्दा रेणुलाई अगाडि सार्दा सहज हुने बताएपछि नारायण आकांक्षका रुपमा पछि हटे ।

हिजोआज बालुवाटारमा कुरा चल्न थालेको छ कि, नारायण दाहालको भूमिका पहिलादेखि नै राम्रो थिएन । उनीहरू १३ दिने दाजुभाइ हैनन् । मर्दापर्दा उजुठोसम्म लाग्दैन । दाहाल–दाहाल मात्र हुन्, घरसम्म चितवनको शिवनर हो, पहाड पनि कास्की, ढिकुरपोखरी । तर, नाता पर्ने हैनन् । तर, नारायण आफूलाई पुष्पकमल दाहालको सहोदर भाइ भन्ने गर्छन् । उनका आफ्नै भाइ त गंगा दाहाल हुन्, विशेदमा छन् ।

बाको नाम भजाएको भनेर रेणु, प्रकाशहरू अहिलेसम्म फायर छन् । अहिले उनीहरू नारायणसँग फायर हुनुको कारण बनेका छन्, चितवनका एसपी दीपक थापा । उनलाई ‘हाम्रो मान्छ’ भन्दै चितवन लगेका नारायणले । शक्ति बस्नेत गृह मन्त्री हुँदैमा लैजान खोजेका थिए । तर, शक्तिले मानेनन् । विमलेन्द्र निधि गृह मन्त्री हुनासाथ लगे । बालुवाटारको बुझाइ अनुसार अहिले दीपक थापाले एमाले नै भएर बोल्यो भन्ने छ ।