काठमाडौं, १६ जेठ । महिन्द्रा टु–व्हीलर्स् लि.को आधिकारिक वितरकको रुपमा महिन्द्रा बाइक तथा स्कुटरहरूको विक्री वितरण गर्दै आइरहेको अग्निमोटो इन्क प्रा. लि. ले “महिन्द्रा टू व्हीलर” एक्स्चेन्ज क्याम्प ल्याएको छ ।
जेठ १६ देखि १८ गतेसम्म टेकु शोरुममा हुने क्याम्पमा ग्राहकहरुलाई “चिन्ताहरुको एक्स्चेन्ज, निश्चिन्ततासँग”गर्न भनि आव्हान गरिएको छ ।
एक्स्चेन्ज क्याम्पमा ग्राहकहरूका लागि कुनै पनि पुरानो बाइकवा स्कुटर ल्याई सबैभन्दा उत्कृष्ट मूल्यांकनका साथ नयाँ महिन्द्रा टू व्हीलर एक्स्चेन्ज गर्ने अवसर रहेको छ ।
साथै, एक्स्चेन्ज गरी ग्राहकहरुले “४००% बोनस क्यासब्याक” नामक अफरको पनि लाभ उठाउन सक्नु हुनेछ । महिन्द्रा टू व्हीलर खरिदकर्ताहरुका लागि ४००% सम्म क्यास ब्याक बोनस पाउने अवसर पनि रहेको छ ।
हरेक खरिदमा पाइएने स्क्र्याच् कार्डमा पहिलो स्क्र्याचमा ग्राहकहरुले रु. १ लाखसम्म पक्का जित्ने र दोश्रो स्क्र्याचमा उक्त रकमको ४००% सम्म बोनस क्यास जित्ने अवसर रहेको छ ।
यस एक्स्चेन्ज क्याम्पले ग्राहकहरुका लागि महिन्द्रा टू व्हीलर खरिद गर्न थप उत्साह प्रदान गर्ने कम्पनीको विश्वास रहेको छ ।















प्रतिक्रिया