९ मंसिर २०८३, बुधबार

निर्वाचन आयोग पुगेर एमाले अध्यक्ष ओलीले के भने ?

8.3k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १६ जेठ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भरतपुर घटनाको छानबिनका लागि बनाइएको आयोगको विश्वसनीयतामाथि नै प्रश्न उठाएका छन् ।

भरतपुर घटनाको विषयमा छलफल गर्न पार्टीका शीर्ष नेताहरुसहित कान्तिपथस्थित निर्वाचन आयोगमा पुगेका एमाले अध्यक्ष ओलीले छानबिन समिति बनाइए पनि त्यो समितिबाट आउने प्रतिवेदनको प्रश्वनीयतामाथि प्रश्न उठाए । प्रमुख निर्वाचन आयुक्त नै चितवन पुगेर सत्यतथ्य बाहिर ल्याउनुपर्ने ओलीको भनाइ थियो ।

सत्तापक्षकै योजनामा भरतपुर घटना घटाइएको भन्दै अध्यक्ष ओलीले तत्काल मतगणना थाल्न माग गरे । पुनः मतदान हुन नसक्ने भन्दै उनले आफूहरुको माग वेवास्ता गरी मतदान तर्फ लागिए कडा प्रतिरोध गर्ने चेतावनी दिएका थिए ।

प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले भने आयोगले सत्यतथ्य बाहिर ल्याउने भन्दै ढुक्क हुन आग्रह गरे ।

भरतपुरमा मतपत्र च्यातिएपछि अबरुद्ध मतगणनाका विषयमा छलफल गर्न एमाले अध्यक्ष केपी शर्मा ओली, वरिष्ठ नेता माधवकुमार नेपाल, सचिव प्रदीप ज्ञवाली, संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङ, कार्यालय सचिव कृष्ण गोपाल श्रेष्ठ लगायतका नेताहरु आज दिउँसो साँढे १२ निर्वाचन आयोगमा पुगेका थिए ।

काँग्रेस र माओवादीले भरतपुरको १९ नम्बर वडामा पुनः मतदान गर्नुपर्ने माग गर्दै आएका छन् । तर, एमालेले अस्वीकार गर्दै आएको छ । थोरै मतमात्र च्यातिएको हुँदा मतगणना सुरु हुनुपर्ने एमालेको माग छ ।

उता, भरतपुरको परिस्थिति बुझ्न र कार्यकर्तालाई भेट्न नेकपा एमालेका महासचिव ईश्वर पोखरेल भरतपुर पुगेका छन् ।