१ कार्तिक २०८३, आइतबार

एमालेका महासचिव पोखरेल भरतपुर आउने

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

भरतपुर, १६ जेठ । भरतपुर महानगरपालिकाको मतगणनामा मतपत्र च्यातिएपछिको स्थिति बुझ्न एमालेका महासचिव इश्वर पोखरेल चितवन आउने भएका छन् ।

एमाले नेता काँशीनाथ अधिकारीका अनुसार पोखरले मंगलबार भरतपुरको वस्तुस्थिति बुझ्न चितवन आउन लागेका हुन् ।

पोखरेलले आजै निर्वाचन आयोगका पदाधिकारी र एमालेका नेताहरूसँग मतपत्र च्यातिएका विषयमा परामर्श गर्ने छन् ।

सत्तारूढ दल कांग्रेस र माओवादी केन्द्रले मेयरमा आफ्नो उम्मेदवार हार्ने भएपछि मतपत्र च्यातेर पुनः मतदान गर्ने षड्यन्त्र रचेको भन्दै एमाले पुनः मतदान गर्न नहुने बरू च्यातिएका बाहेक मतको गणना हुनुपर्ने बताउँदै आएको छ ।