काठमाडौं, १६ जेठ । रिलायबल डेभलपमेन्ट बैंक लिमिटेडले ६० दिने मुद्दतीमा १३ प्रतिशतवार्षिक ब्याजदर प्रदान गर्ने नयाँ योजना ल्याएको छ ।
६० दिन पूरा भए पश्चात साँवा र ब्याज स्वत बचत खातामा जम्मा हुने र सो बचत खातामा ६ प्रतिशतसम्म वार्षिक ब्याजदर प्राप्त गर्न सकिने बैंकले जनाएको छ ।
६० दिनको अवधि समाप्त भएर बचत खातामा रकम आए पश्चात एससीटि नेटवर्क अन्तर्गतका देशभरि रहेका ११०० भन्दा बढी एटिएमहरुबाट निःशुल्क रकम झिक्न सकिने बैंकले जनाएको छ । यो सेवा बैंकको सबै १७ शाखाहरूबाट उपलब्ध हुनेछ ।















प्रतिक्रिया