
नेपालगञ्ज, १६ जेठ । स्वतन्त्र उम्मेदवारी दिएर डोल्पा जिल्लाको छार्का ताङसोङ गाउँपालिका अध्यक्ष निर्वाचित सेनाङ गुरुङ र शे–फोक्सुन्डोका उपाध्यक्ष धावासम्दुक गुरुङ एमाले प्रवेश गरेका छन् ।
सेनाङले एमालेकी आधिकारिक उम्मेदवार त्होता गुरुङलाई पराजित गरेका थिए । धावासन्दुक यसअघि पार्टीको जिल्ला कमिटी सदस्य थिए । उनी निर्विरोध निर्वाचित भएका हुन् ।
दुवैले पार्टीमा आउने जनाएपछि फेरि प्रवेश गराइएको एमाले जिल्ला कमिटी सचिव नन्दसिंह बुढाले बताए ।
उनीहरू पार्टीले उम्मेदवारी चयनमा मनपरी गरेको भन्दै स्वतन्त्र उम्मेदवारी दिएर विजयी बनेका थिए ।











प्रतिक्रिया