१ कार्तिक २०८३, आइतबार

एएनएसको स्वर्ण जयन्ती मनाइयो

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

– विजय थापा

वाशिंगटन डीसी । उत्तर अमेरिकाका नेपाली समुदायको सामाजिक संस्था अमेरिका नेपाल सोसाइटी समाज ५० वर्ष पुगेको उपलक्ष्यमा गत मे २८ तारिख स्वर्ण जयन्ती भव्यताका साथ मनाइएको छ ।

५० वर्ष अगाडि १९६७ मा नेपालका लागि तत्कालीन अमेरिकन राजदूत एल्सवर्थ बंकरले नेपाल र अमेरिकाबीच सम्बन्ध स्थापना गर्ने हेतुले स्थापना गरिएको एएनएसले विविध कार्यक्रम गर्दै आएको छ ।

कार्यक्रममा अमेरिकामा जन्मेका दोश्रो पुस्तालाई प्रमुख प्राथमिकता दिदै उनीहरूभित्र रहेका प्रतिभालाई प्रस्फुटन गर्ने सुवर्ण मौका दिइएको थियो ।

कार्यक्रम विशेष नृत्य, गीत तथा नाचगानमा केन्द्रित रहेको थियो । साँस्कृतिक सांगीतिक कार्यक्रमको मुख्य संयोजनको भूमिका प्रभा भट्टराई देउजाले गरेकी थिइन् ।

स्वर्ण जयन्तीको अवसरमा कार्यक्रम सुरु गर्नु अगाडि रक्तदान गरिएको थियो । ३९ जनाले रक्तदान गरेका थिए ।

संस्था ५० वर्ष पुगेको अवसरमा एएनएस हेरिटेज फोटो कन्टेस्ट नामक प्रतियोगिताको आयोजना समेत गरिएको थियो ।