१४ कार्तिक २०८३, शनिबार

सञ्चितासँग बिहे गरेको वेला अभिनय गर्न दिक्क लागेकै हो : निखिल उप्रेती

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १६ जेठ ।

जब फैलाइयो मविरुद्ध अफवाह

निखिल उप्रेती, अभिनेता

नेपाली चलचित्र खेलिरहँदा बीचबीचमा मुम्बईतिर नि गएँ । यही समयमा सञ्चितासँग बिहे भयो । यो वेला नानाथरी हल्ला चले। सञ्चितालाई बिहे गरेर निखिल मुम्बईतिरै भासियो, अब नेपाली चलचत्रिमा अभिनय गर्दैन भन्नेसम्मका कुरा आए । तर, यो गलत थियो । नयाँपत्रिका दैनिकले समाचार छापेको छ ।

सञ्चितासँग बिहे गरेको वेला मुम्बई गएर बस्नु एउटा संयोग थियो । तर, त्यतिखेर मलाई नेपाली चलचित्रमा अभिनय गर्न दिक्क लागेकै भने हो । हुन्न भन्न नसक्ने बानीले गर्दा मैले धेरै दुःख पाएँ ।

धेरैजसोले थर्काउँथे, घुक्र्याउँथे, झगडा गर्न आउँथे । यो हदले सीमा नाघेपछि मैले मेरा नजिकका साथीहरूलाई ‘अब नेपाली फिल्म इन्ड्रस्ट्री छाड्दै छु’ भनेकै हो । किनभने मेरो जिन्दगीसँगको सरोकार थियो । सुपरस्टार बनेर मै हुँ भन्ने चाहना अहिले पनि ममा छैन । म यसलाई केही पनि मान्दिनँ । यो केबल मेरो काम हो । म सधैँ दर्शकको मन जित्ने कोसिस गर्छु । तर, जीवन अर्कै चिज हो । मैले पनि मेरो रोजाइअनुसारको जीवन जिउन पाउनुपर्छ । त्यो वेलाको चार वर्षमा मैले जे कुरा सिकेँ, जीवनभरका लागि सिकेँ ।

निखिल पत्तासाफ  भयो पनि भने

केही समय नेपाली फिल्म उद्योग छाड्दा निखिल पत्तासाफ भयो भन्ने हल्ला पनि चल्यो । अहिले पनि कतिपय निर्देशक/निर्मातालाई निखिल आउट भइदिए हुन्थ्यो भन्ने लागेको छ । निखिलको चलचित्र यहाँ चल्न दिनुहुँदैन भन्नेहरू पनि छन् । तर, उनीहरू सफल हुँदैनन् । म विश्वस्त छु ।

नेपाल फर्किएर ‘भैरव’ गरेपछि मेरो विश्वास थप बलियो भयो। मप्रति नेपाली दर्शकको माया धेरै छ भन्ने अझै महसुस भयो। आफ्नै निर्देशनमा निर्माण गरेको भैरवले ममा ऊर्जा पनि थप्यो । यसबाहेक ‘लुटेरा’, ‘किङ’, ‘निर्भय’, ‘राधे’लगायतमा अभिनय गरेँ । अब फेरि आफ्नै निर्देशनमा दोस्रो फिल्म बनाउँदै छु, ‘कमिटमेन्ट सिक्स्टी आवर’ । मलाई पत्तासाफ भयो भन्नेहरू गफ गर्दै जान्छन्, म काम गर्दै जान्छु ।