
काठमाडौँ, १५ जेठ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली भरतपुर महानगरपालिकाको मतपत्र च्यातिएपछिको स्थिति बुझ्न मंगलबार चितवन जाने भएका छन् ।
चितवन जानुअघि एमाले अध्यक्ष ओलीले प्रमुख निर्वाचन आयुक्तलाई भेटेर तत्काल मतगणना सुरु गर्न दबाब दिने कार्यक्रम छ । ओलीले यसअघि नै आयोगका प्रमुख आयुक्तलाई फोन गरी भरतपुरको १९ नम्बर वडामा पुनः चुनाव नगर्न भनेका छन् । तर, ओली मंगलबार आयोगको कार्यालयमै पुग्ने कार्यक्रम छ ।
त्यसपछि ओली सिधै भरतपुर जानेछन् । भरतपुरमा पुगेर मतपत्र च्यातिएपछिको स्थिति बुझ्ने कार्यक्रम रहेको उनको निजी सचिवालयले जनायो ।
सत्तारूढ दल कांग्रेस र माओवादी केन्द्रले मेयरमा आफ्नो उम्मेदवार हार्ने भएपछि मतपत्र च्यातेर पुनः मतदान गर्ने षड्यन्त्र रचेको भन्दै एमाले पुनः मतदान गर्न नहुने बरू च्यातिएका बाहेक मतको गणना हुनुपर्ने बताएको छ। ( क्भभ mयचभ बतस् जततउस्ररकभतयउबतष्।अयmरचबबवलभभतष्रठण्टडडर३कतजबकज।ण्ढश्घद्धदःा।द्धपटभ्गवाल।मउगा











प्रतिक्रिया