१ कार्तिक २०८३, आइतबार

भरतपुर काण्डः मतपत्र च्यात्नेलाई एक लाख जरिवाना, २ बर्ष कैद

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १५ जेठ । भरतपुर महानगरपालिकाको मतगणनास्थलमै मतपत्र च्यात्ने माओवादीका दुई कार्यकर्तालाई नगद जरिवाना र जेल सजाय हुने देखिएको छ ।

स्थानीय तह निर्वाचन ऐन २०७३ अनुसार, मतपत्र च्यात्ने कार्यमा संलग्न दुई माओवादी कार्यकर्तालाई जेल र नगद जरिवाना हुने देखिएको हो । निर्वाचन (कसुर तथा सजाय) ऐन, २०७३ को दफा १६ मा भनिएको छ, ‘कसैले पनि निर्वाचनको मतगणना भइरहेको अवस्थामा मतपेटिका वा मतपत्र वा निर्वाचन सम्बन्धी अन्य कुनै पनि कागजपत्र बल प्रयोग गरी वा नगरी खोस्न, लुट्न, बिगार्न वा कुनै किसिमले नोक्सान गर्न वा निर्वाचन अधिकृतको अनुमतिबिना मतगणनास्थलबाट अन्यत्र लैजान हुँदैन ।’

यसैग्री, उपदफा २ मा भनिएको छ, ‘उपदफा (१) विपरीतको कार्य गर्ने व्यक्तिलाई एकलाख रुपैयाँसम्म जरिबाना वा दुईवर्षसम्म कैद वा दुवै सजाय हुन सक्छ ।’

भरतपुरका प्रहरी प्रमुख दीपक थापाले माओवादीका दुई कार्यकर्ताले मतपत्र च्यातेको बताइसकेका छन् । प्रहरीले उनीहरुलाई आवश्यक कारबाही अगाडि बढाउने उनको भनाइ छ ।

यस्तो छ कानुनमा: