१ कार्तिक २०८३, आइतबार

भरतपुर काण्डः प्रचण्डलाई चेतावनी दिँदै ओलीले के भने ?

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १५ जेठ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कार्यकर्तालाई मतपत्र च्यात्न लगाएर फेरि निर्वाचन गर्ने कल्पना नगर्न चेतावनी दिएका छन् ।

आइतबार राजधानीमा अखिलले गरेको कार्यक्रमपछि बाहिरिने क्रममा अध्यक्ष ओलीले भने – ‘चितवनमा माओवादीले जे गरे, त्यो लोकतन्त्रमाथिको अराजकता हो । विधि र प्रक्रियामाथिको षड्यन्त्र हो ।’

प्रचण्डप्रति संकेत गर्दै उनले कार्यकर्तालाई मतपत्र च्यात्न लगाएर फेरि निर्वाचन गर्ने कल्पना नगर्न पनि चेतावनी दिए । ‘पुनः निर्वाचन कुनै पनि हालतमा एमालेले स्वीकार्दैन । यदि जबर्जस्ती गर्न खोजे त्यसको असर अन्यत्र पनि पर्छ ।’ – अध्यक्ष ओलीले भने ।

अध्यक्ष ओलीले मतगणना रोकिएको स्थानबाट पुन सुरु गर्नुपर्ने बताए ।