काठमाडौं, १५ जेठ । एमालेका अध्यक्ष केपी ओलीले भरतपुर महातगरपालिकामा भएको घटनालाई लोकतन्त्रमाथिको आक्रमणको संज्ञा दिएका छन् ।
अनेरास्ववियुले सोमबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा अध्यक्ष ओलीले भरतपुर महानगरमा मतगणनास्थलमा भएको घटनालाई लोकतन्त्रमाथिको हमला भएको टिप्पणी गरेका हुन् ।
‘मतगणनास्थलमा मतपत्र च्यातिनु लोकतन्त्रमाथिको हमला हो’, उनले भने, ‘यो घटना विधि र प्रक्रियामाथिको षड्यन्त्र पनि हो ।’
ओलीले भरतपुरमा फेरि मतदान गर्नुपर्ने भनी उठाइएको विषय एमालेका लागि स्वीकार्य नहुने बताए । ‘पुनः निर्वाचन गर्ने कुरा एमालेले कुनै पनि हालतमा मान्न सक्दैन’, उनले भने, ‘त्यस किसिमको गतिविधि गर्न खोजेमा त्यसको असर अन्यत्र पनि देखापर्छ ।’















प्रतिक्रिया