९ मंसिर २०८३, बुधबार

दोस्रो चरणको निर्वाचन असार ९ गतेलाई सार्ने सरकारको निर्णय

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १५ जेठ । सरकारले दोस्रो चरणको निर्वाचन असार ९ गतेलाई सार्ने निर्णय गरेको छ ।

मन्त्रिपरिषदको सोमबार बसेको बैठकले यसअघि जेठ ३१ गतेलाई तय गरिएको बैठक असार ९ गते सार्ने निर्णय गरेको हो । दोस्रो चरणको चुनाव सरेसँगै उम्मेदवारी दर्ता लगायतका निर्वाचन प्रक्रिया पनि फेरबदल हुने भएको छ । त्यसका लागि सरकारले निर्वाचन आयोगसँग पनि परामर्श लिइसकेको छ ।

राष्ट्रिय जनता पार्टीलाई चुनावमा सहभागी गराउने शर्तमा केही दिन चुनाव सार्न एमालेले पनि सहमति जनाएको सरकारको दाबी छ । आइतबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा प्रमुख दलहरुबीच केही दिनका लागि चुनाव सार्ने समझदारी भए बमोजिम नयाँ मिति तोकिएको एक मन्त्रीले बताएका छन् ।