९ मंसिर २०८३, बुधबार

रेणुले बल्ल दिइन् सनसनीपूर्ण प्रतिक्रिया

86.8k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

भरतपुर, १५ जेठ । भरतपुर महानगरपालिकामा भएको घटनाप्रति दुःख व्यक्त गर्दै माओवादी केन्द्रको तर्फबाट मेयर पदकी प्रत्यासी रेणु दाहालले एमालेले आफूविरुद्ध ठूलो षड्यन्त्र गरेको आरोप लगाएकी छिन् ।

सोमबार बिहान प्रतिक्रिया दिँदै भरतपुर महानगरपालिकाको मत गणनास्थलमा आइतबार मध्यराति भएको घटनामा माओवादी केन्द्रलाई लगाइएको आरोप झठ्ठा रहेको दाबी गरिन् ।

उनले आफूलाई ठूलो अन्याय भएको बताएकी छिन् । उनले भनिन्, ‘मैले जित्ने देखेपछि एमालेले मतपत्र च्यातेको हो । एमालेले मविरुद्ध सुनियोजित रुपमा मतपत्र च्यातेर षड्यन्त्र गरेको छ ।’

एमालेबाट भरतपुर महानगरपालिकाको मेयरका उम्मेदवार देवी ज्ञवाली र माओवादी केन्द्रकी रेणु दाहालबीच पछिल्लो समय ७ सय मतअन्तरको हाराहारीमा झारेकी थिइन् ।

रेणुले आफ्ना विरुद्ध एकपक्षीय समाचार सम्प्रेषण गरेर जनतामा भ्रम सिर्जना गरेको पनि आरोप लगाएकी छिन् । तर चितवनका प्रहरी प्रमुख दीपक थापाले भने माओवादी कार्यकर्ताले मतपत्र च्यातेको बताएका छन् ।

माओवादी केन्द्रले पनि भरतपुर महानगरपालिकाको मतगणनामा भएको घटनाका विषयमा पत्रकार सम्मेलन गरेर बास्तविक कुरा बाहिर ल्याउने जनाएको छ ।