१४ कार्तिक २०८३, शनिबार

काठमाडौं महानगरमा माओवादी केन्द्रको जमानत नै जफत, रवीन्द्र मिश्रको पार्टी पनि जोगिएन्

5k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १५ जेठ । काठमाडौं महानगरपालिकाको मेयरमा नेकपा माओवादी केन्द्रसहित २५ पार्टी र उम्मेद्धारको जमानत जफत भएको छ । नेकपा एमालेका बिद्यासुन्दर शाक्यले माओवादी केन्द्रसहित १० दलको र १५ स्वतन्त्र उम्मेद्धारको जमानत जफत गरेका छन् ।

निर्वाचन ऐन अनुसार कुल खसेको मतको १० प्रतिसत मत ल्याउने उम्मेद्धारले आफ्नो जमानत जोगाउन सक्छ । तर काठमाडौं महानगरपालिकामा नेपाली कांग्रेसका राजुराज जोशी र विवेकशील नेपाली दलकी रन्जु दर्शना न्यौपानेले मात्र आफ्नो जमानत बचाए ।

काठमाडौं महानगरपालिकामा एमाले उम्मेद्धार शाक्यले सर्वाधिक लोकप्रिय मत ल्याएर बिजयी भए । उनले ६४ हजार ९१३ मत ल्याए भने प्रतिस्पर्धामा नेपाली कांग्रेसका राजु राज जोशीले ४५ हजार २६९ मत ल्याए । तेस्रो स्थानमा विवेकशील नेपाली दलकी रन्जु दर्शनाले ल्याइन ।

काठमाडौं महानगरपालिकामा कुल कुल एक लाख ९७ हजार २२७ मत खसेको थियो । जमानत बचाउने उम्मेद्धारले त्यसको १० प्रतिसत १९ हजार ७ सय २२ मत ल्याउनु पर्दथ्यो । तर नेकपा माओवादी केन्द्रका उम्मेद्धार सर्वाेत्तम दास डंगोलले ७ हजार ९ सय ६ मत मात्र ल्याएका छन् । त्यसैगरी नयाँ शक्तिका पवित्र बज्राचार्यले ६ हजार ५० मत मात्र ल्याए ।

नेपाल मजुदुर किसान पार्टी, माले, फोरम लोकतान्त्रिकको पनि जमानत जफत भएको छ । मेयर पदमा पार्टीबाट सवैभन्दा कम ल्याउने उम्मेद्धार चुरेभावर राष्ट्रिय एकता पार्टीका विदुर प्रसाद घिमिरेले १४ मत ल्याएका छन् । स्वतन्त्रबाट उठेका विनोद कुमार क्षेत्रीले सवैभन्दा कम ५ र भगवान गिरीले एक मत ल्याएका छन् ।

पछाडी उदाएको साझा पार्टीले मेयर पदमा जमानत जोगाउन नसकेपनि राम्रो मत ल्याएको छ । साझा पार्टीका मेयर उम्मेद्धार विकास थापाले १८४९६ मत ल्याए । तर पनि उनको जमानत जोगिएन ।