१४ कार्तिक २०८३, शनिबार

प्रचण्ड सरकारले गर्‍यो कमाल, प्रत्येक नेपालीको ऋण ४ सयले घट्यो

560
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १५ जेठ । नेपालीको प्रतिब्यक्ति राष्ट्रिय आय अघिल्लो वर्षभन्दा करिब ११ हजार रुपैयाँले बढेको छ भने ऋण करिब ४ सय रुपैयाँले घटेको छ ।

उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महराले आव २०७३–७४ को सरकारको प्रगति वितवरण संसदमा पेश गर्दै नेपालीको प्रतिब्यक्ति आय ९१ हजार ४ सय ८८ रुपैयाँ पुगेको बताए । कारोबार दैनिकले समाचार छापेको छ ।

अघिल्लो आवमा प्रतिव्यक्ति आय ८० हजार ५ सय २५ रूपैयाँ थियो । अमेरिकी डलरमा भने आर्थिक वर्ष २०७२–७३मा यस्तो आय ७५७ डलर थियो भने चालु आवमा ८६२ डलर भएको जानकारी दिए । सर्वेक्षण अनुसार विगत १५ वर्षमा नेपालीको आय ४ गुणाले बढेको छ ।