दोहा । नेपाल महिला समाज कतारले कतारका लागि नबनियुक्त राजदूत रमेशप्रसाद कोइरालासंग भेटघाट गरेर विभिन्न समस्याहरू अबगत गराएका छन् ।
भेटघाटका क्रममा महिला प्रतिनिधीले नेपाली ढाका टोपी लगाइदिएर कोइरालालाई स्वागत गरेका हुन् ।
महिला समाजकी अध्यक्ष सुस्मिता भुसालको नेतृत्वमा पुगेका महिला प्रतिनिधिहरूले कतारमा रहेका नेपालीहरूले धेरै समस्या भोग्नु परेको भन्दै समाधानका लागि पहल गर्न सुझाव दिएका थिए । राजदूत कोइरालालाई स्वागतगर्न प्रथम उपाध्यक्ष अमिना खान, उपाध्यक्ष जानुका बस्नेत, महासचिब अम्विका खत्री कोषध्याक्ष मीना गैरेलगायत कार्यसमिति सदस्यहरूको उपस्थित रहेको थियो ।
सोहि क्रममा समाजका पुराना र नँया गतिविधि र कार्ययोजना सहितका ज्ञापनपत्र बुझाइएको थियो ।















प्रतिक्रिया