३ कार्तिक २०८३, मंगलबार

गायिका मेलिनाले बेलायतको केन्टमा देखाइन जलवा

182
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

लन्डन । केन्ट फोक्सटनस्थित हकिन्ज हलमा ई–मिडिया हबद्वारा आयोजित ‘एभरेष्ट म्युजिकल ब्लाष्ट’ श्रृंखलाको तेस्रो प्रस्तुतिकोे सुरुवातीमै गायिका मेलिनाले लन्डनको मौसम अति नै मन पर्ने बताएर बेलायतमा बसोबास गर्ने नेपालीहरूको मन जितेकी छिन् । मेलिनाको प्रस्तुतिबाट बेलायतमा बसोबास गर्ने नेपालीहरू मन्त्रमुग्ध बनेका छन् ।

नेपाली सांगीतिक फूलवारीमा लगातार खुटकिलो चढीरहेकी एउटा चिरपरीचित नाम हो, मेलिना राई । पुर्ख्यौली थलो खोटाङ हलेसीबाट, बसाइँ सराइकै क्रममा बाबुबाजेहरू भोजपुरको दिल्पा हुँदै, मोरङ रमाईलो गाउँ टाँडी पुगेकी गायिका मेलिनाको वुवा जिवेस चाम्लिङपनि संगीतकार हुन् ।

१२ वर्षकै कलिलो उमेरमा, स्वदेशगान रेकर्ड गराएकी मेलिनाले जसरी लाखौ ताराहरूको बीचमा एउटा ध्रुब तारा हुन्छ, उसै गरी, सयौँ गायिकामध्येकी एक उत्कृष्ट गायिकाको उपाधि चुमिरहेकी छन् । ई–मेडिया हबको आयोजनामा गायिका मेलिना र रेवत राई दोस्रो पल्ट वेलायत सांगीतिक यात्रामा आएका हुन् ।

गायिका मेलिनाले चलचित्र ‘नाई नभन्नु ल ३’ को कम्मरमाथि पटुकी, हाऊ फन्नीको ‘शिरैमा शीरबन्दी’, ‘तिमीले बाटो फेर्यौ अरे’ जस्ता दर्जनौ गीत गाएकी छिन् ।

शनिवार अल्डरसट शहरबाट शुरुवात गरिएको यस श्रृंखलामा नेपाली सांगीतिक आकाशमा अत्यन्तै चर्चामा रहेकी गायिका मेलिना राईलगायतका कलाकार सहभागी छन् । यो कार्यक्रमलाई लेक्स लिम्बु र मिस युके नेपाल २०१४ की विजेता निया देवानले सञ्चालन गरेका थिए ।