१ कार्तिक २०८३, आइतबार

भरतपुर महानगरबाट आयो एमालेलाई पीडा हुने खबर !

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

रेणु दाहालसँगै रहेकी पार्वती शाह (बाँया)

भरतपुर, १४ जेठ । भरतपुर महानगरपालिकाको उपमेयरमा नेपाली कांग्रेसकी पार्वती शाह विजयी सरह भएकी छिन् । दुई वटा वडाको मत गणना हुन बाँकी रहँदै शाहले आफ्नो जीत सुनिश्चित गरेकी हुन् ।

२७ वटा वडाको गणनापछि कांग्रेसकी उपमेरको प्रत्यासी शाह ६ हजार ३९९ मतले अगाडि पुगिसकेकी छिन् । २९ मध्ये १९ र २० नम्बर वडाको मत गणना हुन बाँकी छ ।

दुई वटा वडामा गरी कूल ६ हजार २०५ मत खसेको छ । एमालेकी दीव्य शर्माले गणना हुन बाँकी सबै मत पाउँदा पनि शाह नै विजय हुने छिन् ।

दुई वटा वडाको मत गणना नगर्दै काँग्रेसकी शाहको मतसंख्या ४४ हजार ७९ छ । उनकी निकटम प्रतिद्वन्द्वी एमालेकी दीव्य शर्माले ३७ हजार ६८० मत पाएकी छिन् ।