काठमाडौं, १४ जेठ । काठमाडौं महानगरपालिकामा निर्वाचित मेयर विद्यासुन्दर शाक्यले नेपाली कांग्रेससहित सबै राजनीतिक दलहरूलाई सँगै लिएर अगाडि बढ्ने बताएका छन् ।
आइतबार बिहान राष्ट्रिय सभागृहमा निर्वाचन आयोगले विजयी भएको घोषणा गर्दै बधाइ दिएपछि पत्रकारसँग संक्षिप्त कुरा गर्दै शाक्यले आफूलाई मतदान गर्ने सबै मतदाताहरूप्रति धन्यवाद ज्ञापन गरे ।
उनले भने, ‘मेरो जितमा सहयोग गर्ने सबैलाई धन्यवाद, काठमाडौं महानगरलाई हरियाली, सुरक्षित र समृद्ध बनाउन पहल गर्नेछु ।’
त्यसैगरी नेपाल कांग्रेसबाट उपमेयर पदमा निर्वाचित हरिप्रभा खड्गी श्रेष्ठले पनि आफूलाई मतदान गर्ने मतदाताहरूप्रति आभार व्यक्त गरेकी छिन् । उनले काठमाडौं महानगरका जनताको पीडा र समस्यालाई समाधान गर्न सधैँ भूमिका खेल्ने बताएकी छिन् ।
उनले भनिन्, ‘म दिनरात नभनेर काठमाडौंका जनताको हितका लागि काम गर्नेछु ।’















प्रतिक्रिया