१४ कार्तिक २०८३, शनिबार

कस्ता थिए दुर्घटनामा मृत्यु भएका पारस ?

1.6k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १४ जेठ । पाइलट भएर आकाशमा ९ हजार ६ सय ६८ घन्टा उड्दासम्म ४८ वर्षीय पारसकुमार राईलाई केही भएन । तर, शनिबार दिउँसो १ः३० बजे काठमाडौंबाट उडेको गोमा एयरको नाइन एन एके वाइ कल साइन विमान सोलुखुम्बुको लुक्ला विमानस्थलमा ल्याण्ड गर्नै लाग्दा अनियन्त्रित हुँदा दुर्घटनाग्रस्त भयो । अन्नपूर्ण पोष्ट दैनिकले समाचार छापेको छ ।

विमानको अगाडि भाग भुइँमा जोतिएपछि पाइलट राई गम्भीर घाइते भए । घाइते पाइलटलाई उद्धारपछि तत्काल लुक्लाको अस्पतालमा पुगाइयो तर, चिकित्सकले उनलाई बचाउन सकेनन् । चिकित्सकलाई उद्धृत गर्दै त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल नागरिक उड्डन प्राधिकरण कार्यालयका प्रवक्ता प्रेमनाथ ठाकुरले भन्नुभयो, ‘एक कुशल पाइलटलाई हामीले गुमायौँ ।’

काठमाडौंको बुढानिलकण्ठ नगरपालिका चपली निवासी राईका श्रीमती र दुई सन्तान छन् । ठूली छोरी पाँच कक्षामा पढ्छिन् भने छोरा १ कक्षा ।

सन् १९६९ जनवरीमा राईको जन्म भोजपुरमा भएको थियो । राई २०१४ अप्रिलबाट गोमा एयरमा आवद्ध हुनु भएको थियो ।

उहाँले गोमा एयरमा आवद्ध भएपछि मात्र एलइटी ४१० को विमान नै १८ सय ४५ घन्टा उडाइसक्नु भएको थियो ।

उहाँको पाइलट लाइसेन्स नम्बर (एडीपीइएल नम्बर) २१९ हो । अहिलेसम्म उहाँले टुइनटर, डोनियर जहाज उडाइसक्नु भएको थियो ।

अहिले भने उहाँले एलइटी ४१० उडाइरहनु भएको थियो । लुक्लामा दुर्घटना भएको जहाज चेकोस्लाभियामा बनेको हो । व्यवसायमा इमान्दार र मिलनसार राई सबैसँग घुलमिन भएर रमाउन चाहानुहुन्थ्यो ।