१ कार्तिक २०८३, आइतबार

एनआरएन अष्ट्रेलियाको विवाद सरकारी निकायसम्म पुग्यो

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सिड्नी । गैरआवासीय नेपाली संघ अष्ट्रेलियाको फर्जी सदस्यता सम्बन्धी विवादले उग्ररुप लिएको छ । विवादले अष्ट्रेलियाको फेयर ट्रेडिङमा समेत स्थान पाएको छ ।

केही समय अघिदेखि दुर्गा बन्जाडे, शिव बञ्जारा लगायतले यस विवादको टुङ्गो लगाएर मात्र निर्वाचन गर्नु पर्ने माग गरेका थिए । बन्जाडेले एनआरएन अष्ट्रेलियालाई औपचारिक पत्रमार्फत एउटै क्रेडिट कार्ड वा एउटै आईपी एड्रेसबाट बनाइएका सदस्यता रद्द गरेर एनआरएनलाई शुद्ध बनाउन माग गरेका छन् ।

पत्र लेखेको धेरै समयमा पनि कुनै प्रतिक्रिया नआएकाले केही घण्टाको अल्टिमेटम दिँदै उनले फेयर ट्रेडिंगमा उजुरी गरेका छन् । फेयर ट्रेडिंगले उक्त विवादलाई मध्यनजर गर्दै १४ दिनभित्रमा जवाफ दिने जनाएको छ ।

प्रवासी नेपालीहरुको साझा संगठन एनआरएन नेपालमा दर्ता भएकाले अष्ट्रेलियामा कार्य सञ्चालन गर्नका लागि फेयर ट्रेडिंगमा दर्ता भएको छ ।

अष्ट्रेलियन सरकारले दर्ता भएका संस्थाहरुको वार्षिक विवरण, उनीहरूको कार्यसम्पादन, आर्थिक पारदर्शीता लगायतका विषयमा अनुगमन गर्ने गर्दछ ।

विदेशी भूमिमा नेपाली संस्थाको विषयमा उजुरी पर्नुले नेपाली समुदायलाई दुई समूहमा विभाजन गरेको छ ।

तीन दिनको हाराहारीमा २८ सय सदस्य संख्या आठ हजार पुगेको थियो । केहीले यसलाई अन्तिम समयमा मात्र सक्रियता देखाउने नेपाली बानी एनआरएन पदाधिकारीहरूमा पनि हाबी भएको बताएका छन् ।