१ कार्तिक २०८३, आइतबार

राष्ट्रपतिकी देवरानी भन्छिन्, ‘कृपावादले टिकट पाएको होइन, एमालेले दिएको हो’

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

– गोविन्द पोखरेल

उर्लाबारी, १३ जेठ । राष्ट्रपति विद्यादेवी भण्डारीकी देवरानी लक्ष्मी भण्डारीले एमालेका तर्फबाट उपमेयर पदको टिकट पाएकी छन् ।

लक्ष्मीले मोरङको उर्लाबारीबाट एमालेको तर्पmबाट उपमेयर पदको टिकट पाएकी हुन् । उम्मेदवार छनौटका लागि एमालेको विस्तारित दुई दिने प्रदेश बैठकले उर्लाबारीको मेयर पदका लागि भने भुपालसिंह जिमीलाई टिकट दिएको स्रोतले बताएको छ ।

राष्ट्रिपति भण्डारीकी देवारानीभन्दा पनि एमाले कार्यकर्ताको हिसाबले आफूलाई मतदाता समक्ष परिचित हुन रुचाउने गरेको लक्ष्मीले बताइन् । घरमा बुहारी भएर राष्ट्रपति विद्यादेवी भण्डारी र लक्ष्मी भण्डारी १५ दिन मात्रसँगै बसेका छन् ।

लक्ष्मीले सुनाइन, ‘छोरी उषाकिरणसहित उहाँहरू इटहरामा १५ दिनमात्र बस्नुभयो ।’ ती दिन सधै स्मरणीय रहने उनले सुनाइन । ‘घरको कामधन्दा सकेर हामी(बुहारीहरू) मदन दाईको कुरा सन्थ्यौँ । घरमा पार्टीका नेताहरु आउनुहुन्थ्यो’, लक्ष्मीले भनिन् ।

लक्ष्मीले आफूलाई एमालेले ‘कृपावाद’ले टिकट नदिएको बताइन् । पार्टीमा गरेको योगदान र श्रमको नतिजा स्वरुप उपमेयरको टिकट पाएको लक्ष्मीले उल्लेख गरिन् ।

लक्ष्मी २०४७ सालमा एमालेको संगठित सदस्य भएकी हुन् । मदन भण्डारीको बुहारी भएर लक्ष्मी २०३५ सालमा घरमा भित्रिएकी थिइन् । लक्ष्मी मदन भण्डारीका साइला भाइ मोहन भण्डारीका श्रीमती हुन् ।