१४ कार्तिक २०८३, शनिबार

नयाँ प्रधानन्यायाधीशको खोजी सुरु ! संवैधानिक प्रावधान उल्लंघन

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १३ जेठ । संवैधानिक परिषदले निर्धारित समयभित्र नयाँ प्रधानन्यायाधीशको नाम सिफारिस नगरेर संवैधानिक प्रावधानको गम्भीर उल्लंघन गरेको पाइएको छ ।

नयाँ प्रधानन्यायाधीशको नाम सो पद रिक्त हुन लागेको एक महिनाभित्र सिफारिस गर्नुपर्ने संवैधानिक व्यवस्था छ । नेपाल समाचार पत्र दैनिकले समाचार छापेको छ ।

वर्तमान प्रधानन्यायाधीश सुशीला कार्कीको पदावधि सकिन आजबाट ११ दिन मात्र बाँकी रहँदासमेत हालसम्म नयाँ प्रधानन्यायाधीश चयन गर्न चासो लिएको छैन ।

प्रधानन्यायाधीश कार्कीको पदावधि जेठ १४ गतेसम्म मात्र रहेको छ । नेपालको संविधानको धारा २८४ को उपधारा १ मा प्रधानन्यायाधीश संवैधानिक निकायका प्रमुख र पदाधिकारीहरूको नियुक्तिको सिफारिस गर्न प्रधानमन्त्रीको अध्यक्षतामा संवैधानिक परिषद गठन हुने व्यवस्था रहेको छ ।

यसै गरी सोही धाराको उपाधारा ३ मा संवैधानिक परिषदले प्रधानन्याधीश वा संवैधानिक निकायका प्रमुख वा पदाधिकारीको पद रिक्त हुनुभन्दा एक महिनाअघि नियुक्तिका लागि सिफारिस गर्नुपर्ने उल्लेख गरिएको छ ।